पब्लिक समाचार

३ हप्ता अगाडि / ७५  पटक हेरिएको

शुक्रबार,कार्तिक २१,२०७७
कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो । पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।

गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ६ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै गजुरेलसहित १८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालका प्रवक्ता प्रविण नेपालले बताए । कोरोनाबाट संक्रमित १०१ जना बिरामीहरु सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।

शुक्रबार, कार्तिक २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२