पब्लिक समाचार

२ हप्ता अगाडि / १०३  पटक हेरिएको

मंगलबार,कार्तिक २५,२०७७
उदयपुर गाईघाटमा यस वर्ष तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोनाको महामारीलाई मध्यनजर गर्दै देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको हो । महामारीको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरूमा देउसी–भैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय उदयपुर ले जनाएको छ ।

जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न र बिक्री–वितरणमा रोक लगाइएको छ ।
सोमबार बसेको बैठक ले मंसीर ५ र ६ गते मनाइने छठ पर्व लाईपनि मध्य नजर गर्दै जिल्ला भरीका सबै ठुला नदी खोला मा भिडभा्ड र जम्मा हुन रोक लगाएको छ । समितीका अधक्ष्य प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कोरोना संक्रमण नियन्त्रण रोकथाम को लागी यस्तो निर्णय गरेको बताउनु भयो ।

मंगलबार, कार्तिक २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२