पब्लिक समाचार

२ हप्ता अगाडि / १८२  पटक हेरिएको

सुक्रबार कात्तिक २८/२०७७
अबैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँ*जाका बोटहरुलाई फडानी गरी नष्ट गर्ने कार्य भईरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक भिम बहादुर दाहाल सहितको नेत्रित्वको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानमा लगाइएको ३९२ रोपनी जग्गाको १ लाख १२ हजार ६ सय १८ बोट गाँ*जा फडानी गरेको छ ।

पछिल्लो समयमा अबैध रुपमा गाँजा खेती गरेको पाईएकोले १ नम्बर प्रदेश प्रहरी कार्यालयले कार्ययोजना बनाई सम्बन्धित जिल्लाहरुलाई बिशेष अभियान नै संचालन गरेर गाजा फडानी गर्ने निर्देशन दिए संगै सम्बन्धीत जिल्लामा लगाईएका अबैध गाँजा खेती तथा आफै उम्रिएका गाँजाका बोटहरु प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरि गाँजा फडानी गर्ने कार्य गर्दै आईरहेका छन् ।

जिल्लामा अबैध रुपमा लगाएका गाँ*जा खेति नष्ट गर्ने अभियान अन्तर्गत कात्तिक २२ देखी २६ गते सम्म संचालन गरेको अबैध गाँ*जा खेति नष्ट गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको प्रहरी उपरीक्षक भिम बहादुर दाहाल सहितको प्रहरी टोली, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी निरिक्षक सहितको संयुक्त प्रहरी टोलीले गाँ*जा खेती नष्ट गरेको हो ।

प्रहरी कार्यालयले भदौ १ गते देखि हाल सम्म उदयपुर जिल्ला भित्र रहेका त्रियुगा नगरपालिका बेलका नगरपालिका ,ताप्ली गाउँपालिका ,रौतामाई गाउँपालिका भित्र पर्ने बिभिन्न स्थानहरुमा लगाएको तथा आफै उम्रिएको ३९२ रोपनि जग्गामा अबैध रुपमा लगाएको १ लाख १२ हजार ६ सय १८ बोट गाँ&जा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्र्यालय उदयपुरले जनाएको छ ।

शुक्रबार, कार्तिक २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२