पब्लिक समाचार

२ हप्ता अगाडि / १०६  पटक हेरिएको

सुक्रबार कात्तिक २८/२०७७
सिरहाको गोलबजार नगरपालिका ६ बाट ७ लाख नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षका धिरज राय, २० वर्षका सञ्जय कुमार राय र सिरहाको कल्याणपुर नगरपालिका ७ भेडिया बस्ने विमलेन्द्र नायक रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । हिजो दिउँसो २ बजेको समयमा ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी बेस नेपाल गोलबजारको संयुक्त टोलीले विरेन्द्र महतोको घरमा डेरा लिएर नक्कली नोट छाप्दै गरेको गोप्य सुचनाको आधारमा छापा मारेको थियो । डेराबाट एक हजारको नक्कली नोट ६ लाख ८४ हजार, ल्यापटप, प्रिन्टर, प्लास्टिकको सानो फोल्डिङ्ग टेबल, स्केल स्टिल ३ थान, कैंची २ थान, मोटरसाईकल १ थान समेत बरामत गरी आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यलय गोलबजारमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरिक्षक प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

शुक्रबार, कार्तिक २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२