पब्लिक समाचार

१ हप्ता अगाडि / १४१  पटक हेरिएको

उदयपुर,२८ कार्तिक ।
उदयपुर त्रियुगा नगरपालिका १ नम्बर वडाले ६५ जनाको परिवारलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । त्रियुगा नगरपालिका १ नम्बर वडा कार्यालयले शुक्रवार एक कार्यक्रम आयोजना गरि जाडोका लागि न्यानो कपडा वितरण गरेको हो ।१ नम्बर वडा कार्यालयले ६५ जना मानिसहरुलाई न्यानो कपडाको रुपमा १ थान दसना, १ थान सिरक, १ थान तंना, १ थान तकिया र १ थान झुल वितरण गरिए को हो । कार्यक्रममा त्रियुगा नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष मनोज कुमार चौधरीले वडाका १९९० सालदेखि २००३ सालसम्मका जेष्ठ नागरिकहरुलाई राहत सोरुप न्यानो कपडा वितरण गरेको हो ।

जाडो मौसमलाई मध्येनजर गरेर छुट्याईएको करिब २ लाख बजेटबाट सो कार्यक्रम सम्पन्न गरिएको वडाका वडासचिब श्याम सुन्दासले जानकारी दिए ।मंसिरको दोसो साताबाट निकै जाडो बढ्दै जाने क्षेत्र भएकाले सुरुवाती चरणमै न्यानो कपडा बितरण भएकोले निकै प्रभाबकारी भएको स्थानीयबासीहरुको भनाइ छ। सो कार्यक्रममा जेष्ठ नागरिक बुबाआमालाई तिहार छैठ लगायत चाडको मुखमा शुभकामना आदान समेत दिएका र लिएका थिए । हालको कोभीड महामारीबाट के कसरी बाँच्न सकिन्छ भन्ने बारेमा समेत कार्यक्रमका बक्ताहरुले सचेत
गराएको थिए ।

शनिबार, कार्तिक २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२