पब्लिक समाचार

२ महिना अगाडि / ४३  पटक हेरिएको

सोमवार, मंसिर ८, २०७७
सिराहाको लहानमा डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार राति सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । शल्यक्रिया पछि अत्यधिक रक्तस्राब भएपछि २७ वर्षीया आरती कुमारी साहको शनिबार साँझ करिब ८ बजे मृ&त्यु भएको हो ।

महिलाको मृ*त्यु भएपछि आक्रोशित उनका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी खटाएको थियो ।

आइतबार बिहान ८ बजेदेखि लहान अस्पताल चोकको मुख्य सडकमा चक्काजाम गरि हत्यारालाई कारबाही गर, अवैध अस्पताल बन्द गर’ लगायतका नारा लगाउदै चक्काजाम गरे पछि जिल्ला प्रहरी कार्यलय सिराहाका सुचना अधिकृत तथा डिएसपी शालिग्राम शर्मा पौडेल ,ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी शरत थापा क्षेत्री ,शस्त्र प्रहरी बल लहानका डिएसपी डम्बर बहादुर राणाले पटक पटक बाटो अबरुद्ध नगर्न आग्रह गर्दा पनि मृतकका आफन्त र स्थानीय युवा तथा महिलाहरु नमाने पछि करिब दिनको १२ बजे तिर बल प्रयोग गरि बाटो खुलाएका छन्।

सोमबार, मंसिर ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२