महाकाली देखि मेची सम्मका साईकल यात्रामा निस्किएका साईकल यात्रीहरु आईतवार धरानमा भव्य स्वागत गरीएको छ ।
नेपालका विश्व प्रसिद्ध साईकल यात्री पुष्कर शाहको नेतृत्वमा अधिराज्यका विभिन्न जिल्लाका २० जना साईकल यात्री १९ दिनमा हिजो धरान आईपुगेका थिए । कार्तिक १७ गते महाकाली वाट साईकल यात्रा गर्दै विश्व कोरोना महामारीको समयमा स्वास्थ रहे रोगलाई जित्न सकिने शन्देश छर्दै पश्चिम महाकालीदेखि शुरु गरिएको २५ दिने अभियानलाई पूर्व मेची इलामको श्रीअन्तु डाँडामा पुगेर अभियान सम्पन्न हुने विश्व साईकल यात्री पुष्कर शाह बताए ।
यात्रीहरुलाई धरानमा प्रवेष गराउदै आयोजक सुनसरी साईकिलिड एशोसियसनका र कार्यक्रमका सयोजक याक्थुड सिंगर फाउण्डेशनका पदाधिकारीहरुले सम्झना चिनो स्वरुप शाहको साथमा सहभागीहरुलाई रुद्राक्षको माला लगाई स्वागत गरेका थिए ।
मंगलबार, मंसिर ०९, २०७७मा प्रकाशित गरिएको