मङ्लबार,मंसिर ९,२०७७
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ ।परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ ।राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी धेरै रहेका परीक्षा केन्द्रलाई स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन निर्देशन दिएको छ। स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ ।
कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।