मङ्लबार,मंसिर ९,२०७७
पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट
हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको सं*क्र*मण पुष्टि भएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारी अनुसार हिजोसम्म देशभर तीन हजार ४३ जना सं*क्र*मित कोरोनामुक्त भएका छन्।
त्यसैगरी, विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृ*त्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृ*त्यु हुनेको कुल संख्या १३ सय ३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा १० हजार ३८१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४५६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर ०९, २०७७मा प्रकाशित गरिएको