एजेन्सी/टाटा ग्रुपका पूर्व अध्यक्ष रतन टाटाले कसैसँग विवाह गरेनन् । तर रतन टाटाको कसैसँग माया नै बसेन भन्ने होइन । एक अन्तर्वार्तामा उनले आफ्नो प्रेम जीवनबारे जानकारी दिएका थिए । उनको जीवनमा प्रेमले एकपटक नभई चारपटक ढोका ढक्ढक्यायो । तर मुश्किल समयमा उनको सम्बन्धको डोरो कमजोर भयो । त्यसपछि रतन टाटाले विवाहबारे कहिल्यै सोचनन् । रतन टाटाको ८३ औं जन्मदिनमा उनको प्रेम जीवनबारे कुरा गरौं ।

दिग्गज व्यापारी रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा सूरतमा भएको थियो । टाटा ग्रुपका पूर्व अध्यक्षले आफ्नो भिन्न पहिचान बनाए र उत्कृष्ट स्थान हासिल गरे । उनले टाटा ग्रुपर्ला नयाँ उचाईमा पुर्याउने काम गरे । व्यापारको दुनियाँमा रतन टाटाले अत्यधिक नाम कमाए तर प्रेमको मामिलामा भने उनी असफल भए ।

एक टिभी च्यानलसँगको अन्तर्वार्तामा अविवाहित उद्योगपति रतन टाटाले आफ्नो प्रेम जीवनबारे खुलासा गरेका थिए । उनले आफू पनि प्रेममा परेको तर आफूले प्रेमलाई विवाहमा परिणत गर्न नसकेको बताए ।

टाटाले विवाह नगर्नु नै अहिले आएर ठिक भएको बताएका छन् । उनले भने, ‘मैले विवाह गरेको भए स्थिती निकै जटिल हुन्थ्यो ।’

उनले भने, ‘मेरो कहिल्यै प्रेम बसेन भनेर यदि तपाईं सोध्नुहुन्छ भने म चारपटक विवाह गर्नेबारे गम्भीर भएको थिए र हरेक पटक कुनै न कुनै कारणसहित म पछि हटेँ । ’

आफ्नो प्रेमका दिनबारे टाटाले भने, ‘जब म अमेरिकामा काम गरिरहेको थिएँ तब सायद म प्रेमको विषयमा बढी नै सिरियस भएको थिएँ । हामीले एउटै मात्र कारणले विवाह गर्न सकेनौं किनभने म भारत फिर्ता आएँ ।’

रतन टाटाकी प्रेमिका भारत आउन अनिच्छुक थिइन् । त्यति नै बेला भारत–चीनको युद्ध पनि सुरु भएको थियो । पछि उनकी प्रेमिकाले अमेरिकामा नै कसैसँग विवाह गरिन् ।

उनले प्रेम गरेको व्यक्ति अझै पनि शहरमा छिन् त भनेर प्रश्न सोध्दा उनले ‘हो’ मा जवाफ दिए । तर यो विषयमा उनले थप कुरा गर्न अस्विकार गरे ।

रतन टाटाको जन्म समृद्ध परिवारमा भएको थियो तर उनीहरुको जीवन त्यति सहज रहेन । रतन टाटा जब ७ वर्षका थिए तब उनका आमा–बुवा अलग्गिए । उनको पालन–पोषण उनकी हजुरआमाले गरे ।

रतन टाटालाई कारको अत्यधिक शौक छ । उनको निगरानीमा ग्रुपले ल्यान्ड रोवर, ज्यागुआर, रेन्जरोवर एक्वार बनाए । टाटा न्यानो पनि रतन टाटाकै कम्पनीको निर्माण हो । रतन टाटालाई विमान उडाउने र पियानो बजाउने शौक छ ।

अवकाशपछि टाटाले अब आफ्नो बाँकी जीवन आफ्नो शौक पूरा गरेर बिताउने बताएका थिए । अब म पियानो बजाउनेछु र विमान उडाउने आफ्नो शौख पूरा गर्नेछु । ।

भारत सरकारले रतन टाटालाई पद्म भूषण (२०००) र पद्म विभूषण (२००८) द्वारा सम्मानित गरेको छ । यो सम्मान देशको तेस्रो र दोस्रो सर्वोच्च नागरिक सम्मान हो ।रातोपटि साभार

मंगलबार, पौष १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२