सोमबार,२० पुस २०७७
सामान्यत चिसो मौसममा ओठ फुट्ने समस्या धेरैको हुन्छ ।ओठ फुट्ने समस्याले तपाईंको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने समस्या पनि निम्त्याउँछ । यो समस्या छ भने केही टिप्स तपाईंका लागि गुणकारी बन्न सक्छ जुन तल उल्लेख गरिएको छ।
1.लिप बामको प्रयोग नियमित रूपमा गर्ने 2.पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
3.कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
4.ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।
5.धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
6.हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।