पब्लिक समाचार

३ हप्ता अगाडि / ६७  पटक हेरिएको

काठमाडौँ, पुस २०/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य भईसकेको र इन्ट्री कार्य जारी रहेको जानकारी दिनुभयो ।

गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन् । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ । परीक्षार्थीको संख्या थोरै रहेको जनाइएको छ । ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ ।

‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको छ,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘इन्ट्री सकिएलगत्तै रुजु गरिनेछ ।

कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो । सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ । सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।’

सोमबार, पौष २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२