मंगलबार, पुस २१, २०७७
यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो। जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।
गायक सपुतका ‘गलबन्दी’, ‘बोलमाया’ ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’ ‘फुटेका चुरा’, ‘लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै हुनुहुन्छ । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।‘आदर्श विशेष सम्मान पनि छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताउनुभयो ।
मंगलबार, पौष २१, २०७७मा प्रकाशित गरिएको