पब्लिक समाचार

२ महिना अगाडि / ५४  पटक हेरिएको

२२ पुष २०७७
बलिउडका चर्चित अभिनेता रणवीर सिंह सानैबाट अभिनयको शौख राख्दथे । साथिहरु आफन्त लगायत उनलाई भविष्यमा फूपाजु अनिल कपूर जस्तो अभिनेता बन्ने अनुमान गरेका थिए । तर जब रणवीर कलेज पढ्न गए त्यसबेला उनले अभिनयको विचार त्यागे ।
भारतको मुम्बईको एचआर कलेजमा पढ्दा ताका रणवीरको एक युवतीसँग प्रेम बस्यो । ती थिइन् बलिउडका हिम्यान अर्थात धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी आहाना देओल ।

आहाना र रणवीरबीच चाडैं सामिप्यता बढ्यो । रणवीरलाई आहना साह्रै मन पर्दथ्यो । जसका कारण उनको ध्यान अध्ययनमा भन्दा पनि अभिनयतर्फ आर्कषित हुदै गयो । आहानाका अभिभावक अभिनय क्षेत्रका रहेकै कारण रणवीरले अभिनय गर्ने सोच बनाए ।
तर पछि आहाना र रणवीरबीच ब्रेकअप भयो । कारण थियो, आहाना सोही कलेजका अर्का एक युवासंग प्रेममा परिन् । ती युवा अरु कोही नभएर अहिलेका बलिउड अभिनेता आदित्य राय कपूर थिए । त्यस समय आदित्य टेलिभिजनमा प्रस्तोता बन्न प्रयासरत थिए ।
आहानासँग पछि ब्रेकअप भयो र ब्रेकअप पश्चात रणवीर सिंह दुखी हुदै मुम्बई छाडे र इण्डियना यूनिवर्सिटी, अमेरिकामा आर्ट पढ्न थाले । अमेरिकाबाट फर्केपछि रणवीर केही वर्ष विज्ञापन एजेन्सीमा काम गरे ।
आहाना र आदित्य राय कपूरबीच ४ बर्षसम्म अफेयर चल्यो । आदित्यको जागिर टेलिभिजनमा भएपछि दुबैबीच सम्बन्धमा दरार आयो । त्यसैले दुबैबीच ब्रेकअप भयो । आहानाले ब्यवसायी वैभव वोरासँग विवाह गर् ि।
यता रणवीर सिंहले पनि अभिनेत्री दिपिका पादुकोणसँग विवाह गरे । आदित्यको भने रिया चक्रवती, श्रद्धा कपूरसंगको अफेयर हल्लापछि अहिले मोडल दिभा धवनसँग डेटमा छन् ।

 

बुधबार, पौष २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२