२२ पुष २०७७
काठमाण्डौःतिनपाते शिर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल बले अभिनित कस्तो लाग्यो तिमीलाईु शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोक पौडेल यस गीतमा स्वर,शब्द र संगीतमा हुनुहुन्छ । लोक पौडेल अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक हुनुहुन्छ। यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गर्नुभएको छ।
नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन्। बुद्ध थापाले छायांकन गर्नुभएको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गर्नुभएको हो । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
बुधबार, पौष २२, २०७७मा प्रकाशित गरिएको