बिहिवार,२३ पुष २०७७
सलमान खान अभिनित फिल्म ‘राधे’ महंगो मूल्यमा बिक्री भएको छ । फिल्मको स्याटेलाइट, डिजिटल, हल र विदेश अधिकारको बिक्री महंगो मूल्यमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार ‘राधे’ लाई २ सय ३० करोड भारुमा जी स्टुडियोले खरिद गरेको हो ।लकडाउनका कारण लामो समयदेखि सुस्त बनेको बलिउडमा २०२१ मा ठूला भनिएका स्टारहरूको फिल्म आउने भएको छ । सलमान खान, रणबीर कपूर, अक्षय कुमार शाहरुख खान लगायतका कलाकारहरू लकडाउन खुलेसँगै सुटिङमा व्यस्त भएका छन् ।नयाँ वर्षको शुभकामना दिनको लागि जारी गरेको भिडियोमा शाहरुख खानले आफूले २०२१ मा नयाँ फिल्म रिलिज गर्ने बताएका थिए । यस्तै रणबीर कपूर पनि ‘एनिमल’ नामक फिल्मको सुटिङको लागि तयार भएका छन् ।