शुक्रवार २४ पुष २०७७
झापा-लागुऔषध ब्राउ-नसुगर सहित झापाको दुई छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती ३ जनालाई पक्राउ गरेको हो ।
प-क्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराल र बनियानी गाँपालिका–६ का २६ बर्षीय मदन मैनाली रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ९ ग्राम लागु-औषध ब्राउ-नसुगर बरामत गरेको छ ।त्यसैगरि ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहिवार राती ३ जनालाई ब्राउ-नसुगर सहित प-क्राउ गरेको हो ।
प-क्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेल रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ३ ग्राम ला-गुऔषध ब्राउ-नसुगर बरामत गरेको छ ।ला-गुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार, पौष २४, २०७७मा प्रकाशित गरिएको