सोमवार,२७ पुष २०७७
काठमाडौं –धूम सिरिज सन् २००४ मा शुरु भएको यो फिल्मको कहानी अझै पनि दर्शकको मनमा बस्न सफल भएको छ ।यो सिरिजले बक्स अफिसमा पनि रेकर्ड ब्रेक गर्ने गरी व्यापार गर्न सफल भएको छ । अब धूम, धूम २ र धूम ३ पछि धूम ४ को पनि चर्चा हुन थालेको छ ।अभिषेक बच्चन र उदय चोपडाको रोल त फिल्ममा अनिवार्य जस्तै बनिसकेको छ । सिरिजमा भिलेन भने सधै नयाँ लिने गरिन्छ ।भारतीय मिडियाहरुका अनुसार ‘धूम ४’ मा भिलेनका रुपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने फाइनल भएको छ । जबकि, यसअघि रणवीर सिंह र शाहरुख खान खलनायकको रुपमा रहने चर्चा हुने गरेको थियो ।
‘धूम ४’ मेकर्सले मन बनाएका छन् कि, पहिलोपटक यो सिरिजमा महिला कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गर्ने । यो मेगाबजेट फिल्ममा दीपिकिा पादुकोण पनि अभिनय गर्न तयार भएकी छिन् ।