मङ्लबार, पुस २८, २०७७
उदयपुर-केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष ओली पक्ष उदयपुरको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ। कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यावहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ। देशैभरि समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ।
उदयपुरबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ४ जनामध्ये ओली पक्षमा एक र प्रचण्ड नेपाल पक्षमा ३ जना रहेको छ । ओली पक्षका केन्द्रीय सदस्यमा मन्जु कुमारी चौधरी रहेका छन भने प्रचण्ड नेपाल पक्षको केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का सचिव सुरेशकुमार राई (हिमाल), जगनाथ खतिवडा र बलदेव चौधरी रहेका छन् ।स्रोतका अनुसार ओली पक्षमा ३३ जना रहेको छ भने प्रचण्ड नेपाल पक्षमा १ सय २४ जना जिल्ला कमिटी सदस्यहरु खुलेका छन् ।