पुस २८, २०७७
काठमाडौँ(बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन्। उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी जन्माएकी हुन् । विराट कोहलीसँग २०१७ डिसेम्बरमा विवाह गरेकी थिइन । उनका श्रीमान् तथा भारतीय क्रिकेट खिलाडी विराट कोहलीले आफ्नो सोसल मिडियामार्फत् यसबारे जानकारी दिएका हुन् ।
सोमबार यसबारे जानकारी दिँदै उनले लेखे, ‘आज दिउँसो हाम्रो छोरी जन्मिएको जानकारी दिन पाउँदा हामी अत्यधिक खुसी भएका छौं । तपाईंहरुको प्रेम र मंगल कामनाका लागि हामी अत्यन्त आभारी छौं । अनुष्का र हाम्री छोरी दुबै ठिक छौं र हामीले हाम्रो जीवनको यो नयाँ अध्याय अनुभव गर्ने मौका पायौं, यो हाम्रो सौभाग्य हो । हामीलाई आशा छ, यतिबेला तपाईंहरुले हाम्रो गोपनियताको सम्मान गरिदिनु हुनेछ ।’