पब्लिक समाचार

१ हप्ता अगाडि / ९८  पटक हेरिएको

बुधबार,पुस २९,२०७७
उदयपुर-सहकारी सस्थाको क्षेत्रमा इतिहासको कोशेढुङा बनाउन सफल रहेको साझा सहकारी सस्था लिमिटेडले १७ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ।सहकारीले ६९ लाख बराबर आफ्ना शेयर सदस्यहरु बिच लगानी गरेको छ।जिल्लाकै सबैभन्दा पुरानो साझा सहकारीले आफ्ना शेयर सदस्यहरुमा विभिन्न शिर्षकका आकर्षक ऋण लगानी गरेको छ ।आफ्ना सदस्यहरुमा कृषि क्षेत्रमा अल्पकालीन तथा दीर्घकालीन कृषि उत्पादनको क्षेत्रमा ऋण लगानी गरेको छ । सिपमुलक क्षेत्रमा प्रचर सम्भावना बोकेको जिल्ला भएको हुदा बनस्पति जन्य घरेलु उध्मीका लागि समेत लगानी गरेको छ ।

तरकारी बाली,फलफूलको खेती, पशुपालन तथा पोल्ट्री ब्याबसायीहरुका लागि बिना धितो सरल ब्याजदरमा सहाकारिको लगानी गरेको सस्थाको अध्यक्ष अर्जुन कुमार सन्दासले जानकारी दिए । साधरणसभामा जिल्ला सहकारी सस्थाको अध्यक्ष चक्रापाणी पोखरेलको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको हो । प्रमुख अतिथि पोखरेलले भन्नू भयो “किसान ,मजदुरलाई नै सहकारी मन्त्रालयको सहयोग चाहिन्छ । हामी न्यून आय आर्थिक स्तरका नागरिकलाई सहकारीमा आबद्ध गरेर राज्यले अनुदान दिने रकमको सहकारीलाई ससर्त वा अनुदानको रकम उपलब्ध गराएमा राज्य उत्तरदायित्व रहेको मानिने कुरा समेत बताउनुभयो ।

साझाले जिल्लामा बिभिन्न अत्यावाश्यक सामाग्रीहरुको डिलरसीप रही सेवा प्रदान गर्दै आएको समेत जनाकारी दिनुभयो बिउबिजन,मलखाद्य,सिमेन्ट,दानाचारो आदि सहजताका लागि साझाले सहुलियतका रुपमा कारोबार गरेको पोखरेलले बतानुभयो ।
त्यसैगरी राज्यले संबोधन गर्न नसकेको क्षेत्रलाई सहकारीले समेटेको छ ।पेशा ब्यबसायको लागि सहज र सरलताको लागि निकै उपयोगी रहेको त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खड्काले बताउनुभयो ।उहाँले भने बैदेशीक रोजगारबाट बिल्लीबाट र जान चाहेकाहरुका लागि सस्तोमा रिन लगानी लगाउने सहकारी संस्था निकै रहेको दाबी गर्नु भयो ।

बिदेशबाट फर्केका यूवाहरु होटेलमाबसी रेडबलेबल खाने पैसा सहकारीमा जम्मा गरे त्यसले भबिष्यमा पुन बिदेशीनु नपर्ने रोजगारीको सिर्जना गर्ने कुरा बताउनु भयो । समाजमा मानिसको कामको बाडफाँटबाट बर्गिकरणको सुरुवात भएता पनि हाल त्यो ब्यबस्थाले समाज नचल्ने बताउनु भयो । थोपरिएको पेशा र कर्म हो उसैले गर्नुपर्छ भन्ने मान्यतामा हाम्रो समाज रहदै आएकोले पछाडी परेको सुझाउनु भयो । आफ्नो काम र आफुलाई कल्यिैपनि पार्टी जाति,सरकार र राज्यका मुख ताक्नु पर्दैन स्वतन्त्र आर्थिक बिकास गर्न सहकारीमा समाबेश भए पुग्ने कुरा समेत उहााले बताउनु भयो ।

साझा सहकारी संस्था बिस २०१६ सालमा स्थापना गरिएको थियो । राज्यले बहुमुखी सरकारीको नाममा हुदै २०२१ सालमा भूमी सुधारको योजना ल्याई भरम भकारी वडावडामा स्थापना गरिएको थियो भने पंचायतको उत्तरार्धमा आएर कृषि बिकास बैक र उनका माताहतमा सानाकिसान हुदै राज्यले सहकारीको अबधारणा ल्याएको पोखेलले बताउनु भयो ।जिल्लाको हकमा सदरमुकाम २०२८ सालमा उदयपुरगढीबाट गाईघाट ल्याएता पनि साझा सहरकारी भने २०३२ सालमा गाईघाट ल्याएको समेत उहााले बताउनु भयो । सहकारीको स्थापनाकालमा निर्पबहादुर गूरुङ रहेको समेत जनाकारी दिनुभयो ।

साझा सहकारीले बिभिन्न हण्डरठक्र खादै ६ कठठा जमिन जोडेकोमा हाल ४ कठठा रहेको र २ कठठा जमिन बेची कृषकका रिन मिनाहा गरेको तर सरकारलाई दिनुपर्ने सावाब्याज तिरेको हुदा संस्था केही घाटामा गएको समेत ब्यबस्थापक बिरेन्द्र राउतले बताउनु भयो ।
बर्तमानमा सहकारीको आफ्नै भबन र ३ सयमाथि सेयर सदस्य र २ सय सदस्यहरुले साझाको सरलीकरणमा रिन प्रभाब गरेको अध्यक्ष सुन्दासले जानकारी दिनुभयो ।

बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२