पब्लिक समाचार

१ हप्ता अगाडि / ४६  पटक हेरिएको

बुधवार, २९ पुष, २०७७
बाँके-वनमा लाठी प्रहार गरी भाइको हत्या गर्ने दाजुलाई बाँके प्रहरीले पक्राउ गरेको छ।बाँकेको नरैनापुर गाउँपालिका वडा नं। ४ का ३० वर्षीय इशराईल खाँले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई वनमा गएको समयमा लाठी प्रहार गरी हत्या गरेका थिए।जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घरायसी विवादका कारण इशराईले भाइ रहिसलाई वनमा लगेर नियोजित तरिकाले हत्या गरेको जानकारी दिएका छन। घटना पछि फरार इशराईललाई इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले घोरघरैया नाकाबाट पक्राउ गर्न सफल भएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२