बुधबार,पुस २९,२०७७
नेकपा प्रदेश–१ (प्रचण्ड-नेपाल समूह)को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ ।नेपाल समूहले विज्ञप्तीमार्फत उनीहरुलाई तीन महिनासम्म प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो ।निलम्बनमा पर्नेमा मुख्यमन्त्री राईसहित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।

दलको कुनै पनि बैठकमा उपस्थित नभएर पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले उनीहरुलाई कुनै पनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ ।यसअघि मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहले आफूविरुद्ध प्रस्ताव गरेको अविश्वास पत्रमा हस्ताक्षर गर्ने १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गर्नु भएको थियो ।

बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२