बुधवार, २९ पुष, २०७७
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले नपाए आँधीवेहरी आउने चेतावनी दिएका छन् । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा प्रचण्डले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको पनि बताएका छन्।पार्टीभित्रको विवादले प्रतिनिधि सभा भंग गर्न नमिल्ने उनले बताएका हुन्।
५०प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७०प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ।नाम चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो उनले भने यसमा कुनै द्विविधा राख्नु पर्ने छैन। उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफु अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए ।
बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको