आइतवार,४ माघ २०७७
मोरङ-बिराटनगर १६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागु-औषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा(६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकिका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लु-पिजेसिक (११ एम्पुल, डा-ईजापाम (११ एम्पुल, ए-भिल (११ एम्पुल, फे-नारगन ११ एम्पुल र नाई-ट्राभेट (४५ ट्याब्लेट लागु-औषध फेला पारी बरामद गरिएको हो ।लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।