आइतवार,४ माघ २०७७
पोखराको बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्।दुर्घटनामा पोखरा महानगरपालिका(१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकिो छ ।जीपमा ९ जना सवार रहेकोमा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । पोखरा हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइएको छ।