आइतबार,माघ २०७७
काठमाडौँ– भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो ।भारतमा कोभिशिल्ड र कोभ्याक खोप लगाउन थालिएको हो ।