पब्लिक समाचार

१ महिना अगाडि / ६६  पटक हेरिएको

आइतवार,४ माघ २०७७
वीरगञ्ज– आपसी विवाद हुँदा शनिबार बारामा ससुराली आएका ज्वाइँले ससुराली घरमा आगो लगाइदिएका छन्।जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ परासी टोलमा ससुराली आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलका ३३ वर्षीय धीरेन्द्र पटेलले आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

परासी टोल निवासी कृष्णदेवी कुर्मीको फुसको घरमा उनका ज्वाइँले रक्सी सेवन गरेर विवाद हुँदा पेट्रोल छर्केर आगो लगाइदिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।रक्सी सेवन गरेर ससुराली गएका पटेलले परिवार भित्रै विवाद हुँदा रिसको झोकमा आएर आगो लगाएको मिश्रले बताए। प्रहरीका अनुसार आगोले घरभित्र रहेको लत्ताकपडा, भाडाकुँडा र अन्नपात, खाद्यान्न जलेर नष्ट हुँदा ५० हजार बराबरको क्षति भएको छ।आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

आइतबार, माघ ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२