आइतवार,४ माघ २०७७
काठमाण्डौ-प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि संवैधानिक इजलासमै निरन्तर सुनुवाइ हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुरु हुनेछ ।उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा नै बहस केन्द्रित हुँदै आएको थियो ।