पब्लिक समाचार

२ महिना अगाडि / १३३  पटक हेरिएको

काठमाडौं, माघ २६ । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक बर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ। रियलमीका सस्तादेखि महंगासम्मका फोन नेपाली बजारमा पाइन्छ । त्यसमध्ये यहाँ २० हजारभन्दा कम मूल्यका फोनबारे चर्चा गरिएको छ।

यदि तपाई २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ। यसले महंगा फोनमा समावेश हुने फिचर्स कम मूल्यका स्मार्टफोनमा दिएको छ ।

रियलमी– सि२

यो फोनमा ६.१ इञ्चको डिस्प्ले छ। पछाडि १३ र २ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा राखिएको छ। जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन्। फोनमा ४ हजार एमएएच ब्याट्री क्षमता छ।

यो फोन ग्राहकले २ जिबी र १६ जिबी, २ जिबी र ३२ र ३ जिबी र ३२ जिबी क्षमतामा किन्न सक्ने छन्। यिनीहरूको मूल्य क्रमशः १२ हजार ९ सय ९०, १४ हजार ९ सय ९० र १५ हजार ९ सय ९० रूपैयाँ छ।

रियलमी – सि११
यो फोनमा ६.५२ इञ्चको डिस्प्ले छ। पछाडि १३ र २ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा राखिएको छ। जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन् । फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता छ। फोन २ जिबी र्याम र २ जिबी क्षमता किन्न पाइन्छ। फोनको मूल्य १४ हजार ९ सय ९० रूपैयाँ छ।

रियलमी – सि३
यसमा ग्राहकले ६.२ इन्चको डिस्प्ले पाउछन्। मुख्य क्यामरा १३ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ । सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा उपलब्ध छ। यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। फोनको मूल्य १९ हजार ९ सय ९० रूपैयाँ छ।

रियलमी– सि३
यसमा ६.२ इन्चको डिस्प्ले छ। मुख्य क्यामरा १३ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो, जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ४ हजार २ सय ३० क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो फोन ३ जिबीर३२ जिबी र ४ जिबी र ६४ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः १६ हजार ५ सय ९० र १९ हजार ९ सय ९० रूपैयाँ छ ।

सोमबार, माघ २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२