पब्लिक समाचार

१ महिना अगाडि / १५४  पटक हेरिएको

ओपोले नेपालमा एफ १९ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । ६.४३ इन्च डिस्प्ले भएको ओप्पो एफ १९ प्रो बुधबार नेपालमा सार्वजनिक भएको हो । फुल एचडी प्लस रिसोलुसन भएको फोनमा मिडिया टेकको हेलियो पी ९५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा ८ जीबी र्‍याम रहेको छ भने १२८ जीबी स्टोरेज राखिएको छ ।

फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ । ओप्पो एफ १९ प्रोमा ४ वटा रियर क्यामेरा छन् । जसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल मोनो क्यामेरा छन् ।

१६ मेगापिक्सेल फ्रन्ट क्यामेरा भएको फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरको सुविधा रहेको छ । त्यस्तै फोनमा अडियोका लागि ३.५ एमएमको हेडफोन ज्याक रहेको छ । यसमा ४३१० एमएएचको ब्याट्री रहेको छ भने ३० वाटको फास्ट चार्जर सपोर्ट रहेको छ । नेपाली बजारमा एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

बिहिबार, चैत्र ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२