गायिका निशा कंडेलले आफ्नो नयाँ गीत तस्बिर २ (ओ प्रिया) को म्युजिक भिडिओ सार्वजनिक गरेकी छिन्। उक्त गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिएका छन् । तस्विर बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले लेखेका हुन्।
रोमान्टिक भर्सनको यस गितमा टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडिओमा दर्शक स्रोतामाझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पुजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ। यस अघिको तस्विर भिडि ओमासमेत यहि जोडीको अभिनय रहेको थियो।बुद्ध थापाले छायांकन गरेको यस भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडिओ तयार पारिएको हो।लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडिओलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
आइतबार, चैत्र २२, २०७७मा प्रकाशित गरिएको