एजेन्सी । श्रीमानले अफुलाई थहाँ नदि दोस्रो विवाह गर्न लागेको थाहा पाए पछि उनकी श्रीमती छोरी लिएर मण्डपमै पुगीन् । भारत फिरोजपुरको गुरुहर सहाय शहरमाभ एको उक्त घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाईरहेको छ । भारतीय मिडिया आजतकका अनुसार बुटा सिंह नामका व्यक्तिले १३ महिना अघि सुनिता नामकी महिलासँग विवाह गरेका थिए। विवाह पछि सुनिता र बुटा सिंहबीच विवाद सुरु भयो । श्रीमान र परिवारले या त ना दिएको आरोप लगाउँदै माइत गइन् । उनले माइतमा नै छोरीलाई जन्म दिइन् ।
गाउँमा पति बुटा सिंहसँग सम्झौताका लागि धेरै पटक पञ्चायत बस्यो । तर दुई जनाबीच सहमति हुन सकेन । यसैबीच, सुनीताले खबर पाइन् कि उनका पति दोस्रो बिहे गर्दैछन् । त्यसपछि उनी आफ्नो छोरी लिएर सिधै विवाह मण्डपमा पुगीन् । त्यहाँ पुगेर उनले यति हं गा मा गरिन् की देख्नेहरु पनि छक्क परे ।
बुटा सिंहको दोस्रो विवाह हो भन्ने थाहा पाएपछि उनको नयाँ बेहुलीले पनि बुटासंग विवाह गर्न इन्कार गरिदिइन् । साथै उनले आफुलाई धो का दिएर बुटासिंहले दोस्रो विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिइन् । यसपछि, पुलिसले दोस्रो पटक धोखा लिएर बेहुला बन्न तयार रहेको बुटा सिंहलाई पक्राउ गर्यो।
तर बुटा सिंहले पछि पुलिस स्टेशनबाट जमानत पाए। यसपछि बुटा सिंहकी पहिलो श्रीमती आफ्ना परिवारका सदस्यहरूसहित पुलिस स्टेशन पुगिन् र उनका सासु९ससुराको विरुद्ध मु द्दा दर्ता गराउन प्रदर्शन गर्न थालिन्। पी डि त सुनिताका अनुसार उनले गतवर्ष फेब्रुअरीमा बुटा सिंहसँग विवाह गरिसकेकी थिइन् । तर उनका श्रीमानको वाहिर अन्य महिलासंग पनि सम्बन्ध भएका कारण उनलाई या त ना दिन थाले र घरवाट निकालिदिए ।
मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको