पब्लिक समाचार

२ हप्ता अगाडि / ८१  पटक हेरिएको

उदयपुर,चैत २४ । नेपाल पत्रकार महासंघ शाखा कार्यालय उदयपुरमा तालाबन्दी गरिएको छ । निर्वाचनको मिति सर्न माग गर्दै पत्रकारहरुले कार्यालयमा तालाबन्दी गरेको होे ।

निर्वाचन समितीकै संयोजक बद्री प्रसाद काफ्ले स्वयमले निर्वाचनको मर्यादा विपरित कुनै अमुक संगठनको समिकरणमा हस्ताक्षर गरी पत्रकार महासंघ भित्रको राजनैतीक प्रकृयामा संलग्न भएको भन्दै संयोजक बद्री प्रसाद काफ्ले लाई निर्वाचन अधिकृतबाट हटाएर हिजो गरेको मनोनयन दर्ता सबै बदर गर्दै बरिस्ठ पत्रकार कौशल चेम्जोङलाई निर्वाचन अधिकृतको जिम्मा लगाएको थियो । देश भर यही चैत्र २५ गते एक साथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिती गठन गरेको थियो ।

चेम्जोङ नेतृत्वको निर्वाचन समितीले तोकिएकै मिति निर्वाचन गराउनेको लागि एकैदिन नामवली प्रकाशन, मनोनयन दर्ता र उमेदवारको दाबी बि’रो’ध फिर्ता गर्ने गरि तालिका सार्वजनिक गरेपछी बि’रो’ध शुरु भएको थियो। निर्वाचन गर्न समय नपुगेको भन्दै ५ दिन समय थप गर्न माग गर्दै अनिश्चितकाल सम्मको लागि ताला लगाएको विज्ञप्तिमा भनिएको छ । केन्द्र प्रदेशमा प्रस युनियन र प्रेस संगठन बिच तालमेल भए पनि उदयपुरमा भने प्रेस युनियन र (माधव–झनाथ) समुहको प्रेस चौतारीका बिच तालमेल भएको छ।

उक्त प्रेस विज्ञप्तीमा प्रेस संगठनका केन्द्रिय सदस्य हरि कुमार राइ,यदु ढकाल, प्रेस संगठन उदयपुरका इन्चार्ज तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष इस्वर बलम्पाकी, क्रान्तिकारी पत्रकार महासंघ प्रदेश १ सम्योजक मधुकर थापा, स्वतन्त्र पत्रकार राजेन्द्र राइले संयुक्तले हस्ताक्षर गरेका छ।

मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२