काडमाडौ,चैत २४ । नेपाली लोक गायनकी पछिल्लो समयकी चर्चित गायिका कल्पना दाहालको स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकको सल्लाह अनुसार कमजोरीका कारण उनी अहिले घरमै आराम गरिरहेकी छिन् । उनलाई इन्द्रेणीकि लोक गायिका भनेर पनि धेरैले चिन्ने गरेका छन् । पछिल्लो समय कल्पनाकी आमाको समेत स्वास्थ्य ठीक छैन ।
आमा बिरामी भएको भन्दै चिन्ता व्यक्त गरेकी कल्पना आफु पनि बिरामी हुन पुगिन् । उनी यसपटक दोहोरी च्याम्पियनमा भाग लिएकी छिन् । उनको जोडीमा प्रदिप रोक्का छन् । उनीहरुको जोडीको लिएर चौतर्फी चर्चा छ । उनलाई ज्वरो संगै स्वास्थ्यमा अन्य केहि सम’स्या देखिएको बताइएकोछ ।
डाक्टरको भनाइ अ’नुसार उनि कमजोरीको कारण अस्वस्थ भएको बताईएको छ । अहिले इन्द्रेणीमा पनि कल्पनाले गाएको नया दोहोरी युटुबको ट्रेन्डि’ङ्गमा रहेको छ खुमन अधिकारी संग उनले उक्त दोहोरी गाएकि हुन् । कल्पना दाहालले नै गाएको चि’यावालीको कथा जस्तै लाग्ने चिया खाउँ की कफी भन्ने नया गीत पनि चर्चामा छ । कल्पनालाई स्वास्थ्य ला’भको कामना छ।
हाल नेपाल टेलिभि’जनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै विवादित बनेको थियो । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपि’सियोड नै आलोचना नै आलोचनाले भरिएको थियो । हजारौँले दिएको डिजिटल अडि’सनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन प्र’सारण गरिएको थियो ।
‘दोहोरी च्याम्पियन’ हरेक श’निवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो । अहिलेसम्म यो सो’लाइ लाखौं बढी दर्शकहरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रति’क्रिया भने नका’रात्मक छन् ।
आलोच’नाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कला’कारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजह’रूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजह’रूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रि’यासमेत दिएका छन् ।
त्यस्तै कतिपय दर्शकले यसका निर्णा’यकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि जी लोकदोहोरी गायक प्र’जापति पराजुली, लोक’दोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोक’दोहोरी गायिका प्रीति आले रहेका छन् । इताजा खबरबाट
मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको