पब्लिक समाचार

४ हप्ता अगाडि / ८९  पटक हेरिएको

सीएनएन । क्यानेडियन गायक जस्टिन बिबरले आफू कसरी एक बदमास बच्चाबाट सुध्रिएको चरि’त्रमा परिर्वतन भएँ भन्नेबारे प्रष्ट पारेका छन् । सीक्यू म्यागजीनलाई दिएको अन्तर्वार्तामा २७ वर्षिय गायक बिबरले बिगत लामो समय देखि ला’गुऔ’षधको लतमा फसेकोदेखि श्रीमती हेली बाल्डविन र क्रिसचियन धर्मसँगको सम्बन्ध विकासको बारेमा पनि बताएको सीएनएनले उल्लेख गरेको छ ।

उनले आफ्नो पहिलो सोलो गीत ‘वान टाइम’ सन् २००९ मा ल्याएका थिए, जुनबेला उनी मात्रै १५ वर्षका थिए । त्यसको केही वर्षमै उनी ग्लोबल स्टार बने । सन् २०१८ को नोभेम्बरमा उनले हेली बाल्डविनसँग विवाह गरेको बताएका थिए । त्यसको अर्को वर्ष नै उनले मानसिक स्वास्थ्यलाई ध्यान दिन संगीतबाट केही समय टाढा बस्ने निर्णय सुनाए ।

उनले भने “मेरो साथमा मैले माया गर्ने मेरी श्रीमती छिन्, जसले मलाई सहज महसुस गराउँछिन् । मलाई लाग्छ प्रभुसँग मेरो सम्बन्ध उत्कृष्ट छ । मसँग यस्तो प्रेम छ जुन म मानिसमाझ बाँड्न चाहान्छु, तपाईंलाई थाहा छ ?” उनी पछिल्लो केही वर्षमा यति नमज्जाले ला’गु’औष’ध दृव्र्यसनीमा फसे, बिबर ज्युँदै छन् कि छैनन् भनेर जाँच गर्न राति उनका गार्डहरु उनी सुतिरहेको बेला नाडी छाम्न आउँथे ।

“मैले यी सबै सफलता पाएको थिएँ । तर, पनि म दुःखमा र पीडामा छु जस्तो लागिरहन्थ्यो । मेरा अझै नसुल्झिएका मुद्दाहरु छन् । म सोचिरहन्थेँ सफलताले सबैकुरा ठीक गर्नेछ । लागुऔषध नै मेरो कदममा रोकावट बनिरहेको थियो ।” अन्तरवार्तामा उनले यी संघर्षका दिनहरु र रोगको बारेमा पनि कुरा गरेका छन् । बीबरले उनको छैठौं एल्बम ‘जस्टिस’ यही मार्चमा सार्वजनिक भएको हो । सीएनएन

आइतबार, बैशाख ०५, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२