पब्लिक समाचार

४ हप्ता अगाडि / ८१  पटक हेरिएको

काठमाडौं,बैशाख ६ । नेपाल आयल निगमले फेरी पेट्रोको भाउमा बृद्धि गरेको छ । सँधै घाटा देखाउने आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । तर, कर्मचारीलाई बोनस उपलब्ध गराउने नाममा सात वटा आर्थिक वर्षदेखि नेपाल आयल निगममा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा रहेको छ ।

आयल निगम नाफामा गएको विभिन्न समयमा बोनस बापतको रकम छुट्याइएको हो । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ ।

यसअघि चैत २२ गते मूल्य बढाएको थियो । मूल्य बृद्धिसँग अब पेट्रोलको प्रतिलिटर १ सय २१ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ पुगेको छ । एकातिर निगम घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आइरहेको आयल निगमले नाफा भएको वर्षको बोनस रकम छुटाउदै आएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता आक्रोशित छन् ।

निगमले बोनस बापत छुट्याएको रकम र आर्थिक वर्षः
आर्थिक वर्ष – रकम

(२०६५,६६ स् १९ करोड ८८ लाख ४६ हजार १ सय ३२
(२०७१,७२ स् ९० करोड २५ लाख २८ हजार २ सय ७०
(२०७२,७३ स् १ अर्ब २६ करोड १७ लाख ६१ हजार
(२०७३,७४ स् ७७ करोड १२ लाख १३ हजार ५१
(२०७४,७५ स् ४ करोड ७९ लाख ६३ हजार ८ सय ४५
(२०७५,७६ स् ११ करोड ६७ लाख १७ हजार १ सय ७८
(२०७६,७७ स् १७ करोड ४२ लाख ६९ हजार १ सय ४१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घाटामा गएको संस्थाले गैरकानूनी रूपमा बोनस रकम बाँडेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरी छानबिन थालेको थियो । आयल निगमले भने रकम छुट्याएपनि बोनस वितरण नगरिएको दाबी गरेको छ ।

मूल्य समायोजनका नाममा महिनामा २ पटकसम्म मूल्य वृद्धि गर्दै आइरहेको निगमले पछिल्लो पटकमात्रै अर्धमासिक रूपमा ८८ करोड ४ लाख रुपैयाँ घाटामा रहेको बताएको छ । तर, विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्नुपर्ने सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।

सोमबार, बैशाख ०६, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२