पब्लिक समाचार

४ हप्ता अगाडि / १४२  पटक हेरिएको

काठमाडौं,बैशाख ६ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चपेटामा बालबालिका पर्न थालेका छन्। कुल संक्रमितको १० प्रतिशत बालबालिका संक्रमणमा परिरहेका छन्। यूके भेरियन्ट र डबल म्युटेन्ट भाइरस छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी सरेको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ बालबालिका संक्रमित भइसकेका छन्। पाँच वर्षमुनिका ५१ जना सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा १० देखि १९ वर्ष उमेर समूहका ९१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नौ वर्षमुनिका २१ जनामा कोरोना पुष्टि भएको छ।

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा। कृष्णप्रसाद विष्टले बच्चाहरूमा संक्रमण अहिलेभन्दा बढी हुन सक्ने बताए। अध्यक्ष डा। विष्टका अनुसार ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम गरिएको छ। ‘बालबालिका बिरामी भई अस्पताल भर्ना गर्नुपरे र परिवारका अन्य सदस्य बिरामी भई स्क्रिनिङ गर्नुपरे मात्र बच्चाहरूमा कोरोना परीक्षण गरिन्छ’, डा। विष्टले भने, ‘तसर्थ बच्चाहरूमा संक्रमण अहिले देखिएभन्दा बढी हुनुपर्दछ।’

कतिपय बच्चामा लक्षण नदेखिए पनि संक्रमण भएको भए अन्य व्यक्तिमा सार्न सक्ने सम्भावना रहेको विज्ञ बताउँछन्। डा। विष्टले अत्यावश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान आग्रह गरे। पहिलो लहरको तुलनामा कोरोना भाइरसको दोस्रो लहरमा कम उमेरका बालबालिका बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।

सोमबार, बैशाख ०६, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:publi[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२