काठमाडौं,बैशाख २० । चीनले दिएको २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।

हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । एक साताअघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो ।

चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसकेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २ हजार सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।

सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थलमार्गबाटै सिलिन्डर ल्याउन सहज हुनेभ भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।

सोमबार, बैशाख २०, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२