पब्लिक समाचार

१ वर्ष अगाडि / १४१९  पटक हेरिएको

धन कुमार श्रेष्ठ
समयले स्थापित गरेका केहि मूल्य मान्यताहरू र नेपाल लाइब्रेरी फाउण्डेशनका घरघरमा पुस्तकालय अभियानले सिकाएका केहि मार्गदर्शक भनाइहरू समय सान्दर्भिक भएकोले यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

“घरघरमा पुस्तकः ब्यक्ति-ब्यक्तिमा सूचना र ज्ञान अभियान”
घरघरमा पुस्तकालय, गृह पुस्तकालय, होम लाइब्रेरी अभियानले केहि मूल्यवान आदर्शवाक्यहरू (जसलाइ नारापनि भनिन्छ) जन्माएका छन् । २०६३ सालमा संगम सामुदायिक पुस्तकालयले “घरघरमा पुस्तक, ब्यक्ति-ब्यक्तिमा सूचना र ज्ञान अभियान” नारा तय गरेर घरदैलो पुस्तक अभियान सञ्चालन गरेको थियो । यस अभियानको मूलभूत उद्देश्य पुस्तकालयको पहुँच बिस्तार गरी पठनसंस्कृतिको विकासमा सघाउनु थियो । त्यसबखत् स्वयमसेवक मार्फत् घरघरमा पुस्तक पुर्याउन पुर्याइयो । घरगृहस्थमा रहेका मानिसहरूले यो सेवालाइ मजाले उपयोग गरे । पढ्ने लहर पैदा भयो । गाउँघरका सूचनाहरू पुस्तकालयमा सञ्कलन हुन थाल्यो । फूर्सदमा समय कटाउन मुस्किल पुस्तक र पुस्तकालयको पहुँच देखि निकै टाँढा रहेका मानिसहरूमा घरमै आएको चिज पढ्नुपर्छ भन्ने भावना जागृत भएपछि रोजी र खोजीका पुस्तकहरू पढ्ने अभ्यासको थालनी भयो । यस अभियानबाट घरैमा पुस्तक लगि पढ्नेबानीको विकासमा पहुँच पुर्याउन सकिन्छ भन्ने कुरा सिद्ध भयो । ब्यवहारिकरूपमा यस अभियानलाइ टिकाउन निकै गारो भएपछि सो अभियान ११ महिना पश्चाद बन्द भयो । तथापी यो नारा आज पनि उतिकै महत्वका छन् । त्यसो भएर नेपाल लाइब्रेरी फाउण्डेशन काठमाण्डौले पठन संस्कृतिको जग घरलाइ नै ठान्यो । घरघरमा पठन अभ्यासमा ठेस लागेको कूरा मनन गर्यो । घरघरबाटै पठन जागरुकता हराएको बिषय पत्ता लगायो अनि घरघरमा पठनलहरको सृजना नहुञ्जेल, पठनसुरूचीमा उल्लास नआउञ्जेल पठनसंस्कार नबस्ने ठोस निस्कर्ष निकाल्यो । तदनुरूप घरघरमा पुस्तकालयको स्वरूप गृह पुस्तकालयको मान्यता अघि सार्यो । जो समयको माँग थियो । पठनसंस्कारको थिति बसाल्ने एकमात्र बिकल्प थियो ।

“अक्षरको फूलबारीः घरघरमा होम लाइब्रेरी”
यो भनाइ कस्को होला ?, कति सान्दर्भिक छ यो श्र्लोगन । हरेक किताबमा अक्षरहरूको बस्ती हुन्छन् । हरेक मानिसलाइ सचेतीकरण गर्ने सचेतनाका फूलहरू फुलाइएको हुन्छ किताबका पाना-पानामा, सकारात्मक सन्देश बाँडिएको हुन्छ अक्षर अक्षर मिलेर बनेका शब्दहरूमा । ज्ञानगुनले भरिएका, जीबन र जगतका कूरा समेटिएका ति किताबहरूले कति कतिलाइ मानव बनाए, कति अज्ञानीलाइ ज्ञानी बनाए, कैयन मूर्खलाइ सज्जन बनाए, अल्पज्ञानीलाइ महाज्ञानी बनाए, जीउन बिर्सेकालाइ जीउन सिकाए, मर्न लागेकालाइ बाँच्न सिकाए, रोएकाहरूलाइ हाँस्न सिकाए त्यसैले यस्तो अक्षरको सुवासना छर्ने फूलबारीलाइ घरघरसम्म पुर्याउनु पर्छ भन्ने भाव प्रकट भएको छ माथिका भनाइमा । यो भनाइ पुस्तकालय आवाज मासिक पत्रिकाको २०७८ बैशाख अंकमा प्रकाशित “गृह पुस्तकालयको महत्व र त्यसको आवश्यकता” शीर्षक लेखको अन्तबाट सापटी लिइएको हो । जसको लेखक साहित्यानुरागी एबँ चित्राकार श्री टंकबहादुर आलेमगर हुन ।

“पुस्तकालय गतिशील ज्ञानः ज्ञानको जोहो हाम्रो अभियान”
कति आकर्षक छ यो भनाइ । पुस्तकालयलाइ गतिशील ज्ञान भनिएको छ । जसको अन्त्य कहिल्यै हुँदैन । ज्ञानको भोक मिटाएर कहिल्यै सकिन्न । यो त युगौं देखि बहिरहेको पवित्र गंगा नदी जस्तो छ । जहाँबाट जीवन जीउने कला भेटाउन सकिन्छ । अपवित्रहरूलाइ सुध्द कर्मद्वारा पवित्र बनाउन सकिन्छ । गतिहिनहरूलाइ सुगति प्रदान गर्ने यो गतिशील ज्ञान भनेको पुस्तकरूपी ग्रन्थ हो । जसलाइ घरघरमा जोहो (जोरजाम) गर्न आवश्यक छ । यस्तो जोहो एकै पटक संभव छैन । शुरुवात आज गरे भविष्यमा त्यसले गतिलो आकार ग्रहन गर्नसक्छ । यस भनाइले नेपाल लाइब्रेरी फाउण्डेशनको घरघरमा पुस्तकालय अभियानलाइ ईंगित गरेको छ । यो उत्कृष्ठ श्र्लोगन नेपाली साहित्यमा नयाँ प्रयोगकर्ता साइनोकार छायादत्त न्यौपानेको मौलिक बिचारमा आधारित छ ।

छायादत्त न्यौपानेको अर्को भनाइपनि यसै सन्दर्भमा जोड्न उपयुक्त ठानेको छु “पुस्तक पढौं, अघि अघि चुचुरोमा पुगौं” । ज्ञानार्जनको बलले हामीलाइ तल गिराउदैन बरू माथि माथि चुचुरोमा पुर्याउछ । चुचुरोमा नपुग्दासम्म पहाड अग्लो देखिन्छ, जब चुचुरोमा पुगिन्छ पहाड त्यहिँ हुन्छ । नहिडी यात्रा शुरू हुँदैन, हिडेपछि गन्तब्यमा पुगिन्छ । नेपाल लाइब्रेरी फाउण्डेशनले घरघरमा पुस्तकालय अभियान आरंभ गरिरहेको बिषयलाइ यस भनाइबाट आज शुरूवात गरे अवश्य भोली पुरा हुने कूरा ब्यक्त भएको छ ।

अनिकालमा बीउ, महामारीमा जीउ, बाँचे घीउ
यतिबेला मुलुक निषेधाज्ञा (पुनः लकडाउन) को स्थितिबाट गुज्रिइरहेको छ । कोरोना भाइरसको दोश्रो नयाँ भेरियन्टरको उग्ररूपले नेपाललाइ पनि कोतर्न थालेको छ । समयमै सचेत नहुने हो भने स्थिति भयावह आउन सक्छन् । समयमै सचेत हुने हो र स्वास्थ्य मापदण्डको पालना गर्ने हो भने यसबाट बच्न पनि सकिन्छ ।

नेपाल सरकारले हामीलाइ घरमै बस, भिडभाडमा नजाउ, स्वास्थ्य मापदण्ड पालना गर भनेको छ, यो अमूल्य जीवन जोगाउनकानिम्ति स्थिति सामान्य नहोउञ्जेल सम्म घरमै बसौं । घरमा बस्दा आफ्नो दिल-दिमाँग यताउति दगुर्न सक्छ, जसलाइ नियन्त्रण गर्न कितावको सहारा लिन सकौं । निषेधाज्ञा कता कता फैलिने हुन्, कहिले सम्म तन्किने हुन्, अनुमान लाउन गारो छ, त्यसैले आफ्नो घरमा अनिकालमा बीउको जोहो गरौं, महामारीमा जीउ जोगाउँ र घरमै पढेर बस्ने वातावरण बनाऔं । अस्तु

बिहिबार, बैशाख २३, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२