पब्लिक समाचार

२ महिना अगाडि / १४१  पटक हेरिएको

बिहिबार, बैशाख २३, २०७८

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।

नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।

उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।

पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन् ।

क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।रासस-

बिहिबार, बैशाख २३, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२