एजेन्सी । बंगलादेशमा को चरिग्रामस्थित एक फार्ममा भेटियो अनौंठो गाई उक्त गाईको उचाई २१ सेन्टिमिटर र तौल २८ केजी रहेको छ । बंगलादेशमा सानो गाई फेला परेपछि हेर्न आउनेहरुको भिड लागेको छ ।
२३ वर्षपुगेको गाईको त्यतिको उचाई र तौलले मानिसहरु आश्चार्य चकित परेका छन् । रानी नाम दिइएको उक्त गाई हेर्न दैनिकजसो भीड लाग्ने गरेको गाई फार्म संचालन गर्दै आएका हसन हाउलाडरको भनाइ छ । उनले आफूले उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि निवेदन समेत दिएको बताएका छन् ।
अहिले रानी नामको उक्त गाई हेर्न १५ सय मानिस फार्ममा पुगिसकेका छन् । त्यहाँ पुग्ने गरेका हरेक मानिसहरुले यतिको सानो गाई कहिल्यौ नदेखेको भन्दै आश्चार्य मान्ने गरेका बताइएको छ । अन्य गाईहरुको बथानबाट अन्य ठाउँमै राखेर रानीको स्याहास गर्दै आएको व्यवस्थापक हसनले बताएका छन् । रानी नामक उक्त गाईको चाहना पनि अन्य गाईको तुलनामा केही फरक पाइएको उनी बताउछन् ।
बाहिर हिड्न डुल्न मनपराउने रानीलाई छोटो खुट्टाको कारण लामोबाटो हिड्न समस्या पर्ने गरेको हसनको भनाइ छ । संसारको सानो गाईको रुपमा गिनिज बुकमा भारतको मनिकयामका नामक गाई रहेको छ ।
शुक्रबार, आषाढ २५, २०७८मा प्रकाशित गरिएको