पब्लिक समाचार

१ वर्ष अगाडि / १७२६  पटक हेरिएको

– गोठकृष्ण ठकुरी उदयपुर

नमस्कार गर्नुहुन्छ
मासुचिउरा खुवाउनुहुन्छ ।
पैसा पनि दिनुहुन्छ ।
अनि जनताहरु
सुनको गजुरलाई,
यसपाली भोट दिनुस् हाम्रो हजुलाई
भन्दै सडकमा आउँछन-गाउँछन् -कराउँछन्
त्यसबेला नेताजी
अलिअलि हाँस्तै, अलिअलि रिसाउँदै
तपाई त आफ्नै मान्छे
यसपाली विचार गर्नुहै ।
भन्नुहुन्छ,
गज्जब लाग्छ

चुनाव जित्नुहुन्छ
अविर पहिरिनु हुन्छ
सत्तामा पुग्नुहुन्छ
अनि जनताहरु
भ्रष्टचारीलाई कार्वाही गर
भन्दै सडकमा आउँछन्क-राउँछन्
त्यसवेला नेताजी
अलिअलि हाँस्तै, अलिअलि रिसाउँदै
हामी त समृद्धिको बाटोमा अगाडि बढ्ने हो
यस्तो दायाँबायाँको कुरामा अल्मलिनु हुन्न
भन्नुहुन्छ
गज्जब लाग्छ

फेरी जनताहरु
बलत्कारीलाई कार्वाही गर भन्दै
सडकमा आउँछन्क-राउँछन्
त्यसबेला नेताजी
अलिअलि हाँस्तै अलिअलि रिसाउँदै
हामी त समृद्धिको बाटोमा माथि जाने हो
यस्तो तलको कुरामा अल्मलिनु हुन्न
भन्नुहुन्छ
गज्जब लाग्छ

अनि फेरी
आउनुहुन्छ
नमस्कार गर्नुहुन्छ
मासुचिउरा खुवाउनुहुन्छ ।
पैसा पनि दिनुहुन्छ ।
अलिअलि हाँस्तै, अलिअलि रिसाउँदै
तपाई त आफ्नै मान्छे
यसपाली विचार गर्नुहै ।
भन्नुहुन्छ,
गज्जब लाग्छ

सोमबार, आषाढ २८, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२