पब्लिक समाचार

११ महिना अगाडि / १३५६  पटक हेरिएको

एजेन्सी । खराब जीवनशैली, तनाव, एन्जाइटी जस्ता समस्याहरुका कारण मानिसको यौन जीवनमा समस्या आउँछ । महिलाहरुमा पनि दैनिक जीवनमा आउने विभिन्न समस्याले यौन सम्बन्धी समस्या आउँछ । महिलाहरुमा सेक्स ड्राइभलाई बुस्ट गर्न लागि भान्सामा पाइने मेथी निकै महत्त्वपूर्ण हुने एक अध्ययनले बताएको छ ।

अध्ययनका अनुसार खाना तथा तरकारीमा प्रयोग हुने मेथीले महिलामा मेनोपोजसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ । अध्ययनले ५०० मिलीग्राम मेथी सेवन गर्ने महिलाको सेक्स लाइफसँग जोडिएका समस्या ४२ प्रतिशत कम हुन्छ ।

यसका साथै, जुन महिलामा यौनसम्पर्कको समयमा पीडा महसुस हुने, सुख्खापन हुने जस्ता समस्या छ ति महिलाले हर्बल सप्लिमेन्टको रुपमा मेथीको नियमित सेवन गर्नुपर्ने हुन्छ । यस्तै, महिनावारी हुने महिलाहरुले दिनमा दुई पटक अर्गानिक मेथी खाने गर्नुपर्छ ।

विशेषज्ञका अनुसार अर्गानिक मेथीबाट बनेको पेयपदार्थले हर्मोनलाई सन्तुलनमा राख्छ । यसले शरीरमा टेस्टोस्टेरोन र एस्ट्राडियोल नामक हर्मोनलाई पनि बुस्ट गर्छ ।

विशेषज्ञले टेस्टोस्टेरोनल हर्मोन यौन इच्छा बढाउन र यसलाई कायम राख्न मद्दतगार मानिन्छ । यति मात्र होइन यौन सम्पर्कको समयमा ल्यूब्रिकेशन, सेन्सेशन र ब्लड फ्लोलाई पनि सन्तुलनमा राख्छ ।

अनुसन्धानकर्ताका अनुसार अर्गानिक मेथीले सामान्य हर्मोनलाई सन्तुलनमा राख्ने काम गर्छ । यसको लगातार सेवनले यौनसँग जोडिएका समस्याहरुलाई कम गराउँछ ।

अनुसन्धानकर्ताका अनुसार मेथीलाई एन्टी इन्फ्लेमेटरी र लिभिडो बुस्टिङ गर्नको लागि औषधिको रुपमा लिइन्छ । यसको प्रयोग एशियाली देशहरुमा खानामा प्रयोग गर्ने गरिन्छ ।

मेथीले सेक्स हर्मोन बनाउन मद्दत गर्छ । जसमा एस्ट्रोजन र टेस्टोस्टेरोन पनि एक हो । ३० व्यक्तिहरुमा ६ हप्तासम्म गरिएको अध्ययनका अनुसार ६०० मिलिग्राम मेथीको सेवनले यौन इच्छा र यौन कार्यमा सुधार ल्याउँछ ।

शनिबार, साउन ३०, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२