पब्लिक समाचार

२ महिना अगाडि / २८८  पटक हेरिएको

२५ फागुन २०७८,उदयपुर- स्वास्थकर्मी माथि हातपातको बिषयलाई लिएर चार दिनदेखि बन्द जिल्ला अस्पतालको सेवा सोमबारबाट सूचारु भएको छ ।

गत शुक्रबार राती उदयपुरगढी गाउँपालिका ७ नेपालटारकी ३२ बर्षिया गर्भवति सिता कार्कीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले स्वास्थ्यकर्मी माथि हातपात र अस्पतालमा तोडेफोड गरेका थिए ।

अस्पताल परिषरभित्र डिउटीमा रहेका स्वास्थकर्मीमाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको विरोधमा उत्रिएका उनीहरुले शान्तिसुरक्षाको प्रत्याभूती नभएसम्म सेवा सुचारु गर्न नसकिने भन्दै आकस्मिक वाहेक सबै सेवा ठप्प पारेका थिए । हातपात र तोडफोडको बिषयमा अस्पताल प्रशासनले आईतबार छानविन गरी दोषिमाथि कारवाहीका लागि प्रशासनलाई अनुरोध गरेपछि स्वास्थ्यकर्मीले विरोधका कार्यक्रम जारी राख्दै काममा फर्किएका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर मुकेशकुमार झाले एक विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सँगसँगै सेवा सूचारु गरिने बताए । उनले भने, ‘दोषिलाई कारवाही नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ । यसका वावजुद जनताको सेवा नै हाम्रो मुलुमर्म भएकाले तत्काल काममा फर्किएका हौ ।

विज्ञप्तिमा आक्रोशित समुहले स्वास्थ्यकर्मी माथि लगाएका लापरवाही जस्ता आरोपमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गर्भवति महिला स्थानीय स्वास्थ्य संस्थामा जाँच गराएको र वच्चा पाउने मिति ७ दिन कटेपछि पनि व्यथा नलागेपछि अस्पतालमा फागुन १८ गते भर्ना भई १९ गतेबाट नर्मल डेलिभरीका लागि प्रकृया सुरु गरिएको हो ।सामान्यरुपमा व्यथा बढ्दै जाँदा सुत्केरी गराउने क्रममा अचानक स्वासप्रस्वासमा कठिनाई भएको र मुटुको चाल बन्द भएपछि सिपिआर दिएर विरामीको वचाउने कोसिस गर्दा गर्दै ज्यान गएको विज्ञप्तिमा उल्लेख छ । पाठेघरको मुख पुरै खुलिसकेकाले सामान्य प्रकृयाबाट सुत्केरी गराउन खोज्दा खोज्दै एक्कासी श्वासप्रस्वासमा समस्या आएको डा। झाले बताए ।

उनले चिकित्सकको मेहनत र प्रयासलाई नजरअन्दाज नै नगरी विभिन्नि सामाजिक संजाल, संघसंस्था र मिडियामा समाचार आउनु दुःखद भएको बताए । घटनाको बिषयलाई ध्यानमा राखि वार्ता चलिरहँदा उत्तेजित समुहले तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात र ज्यानमार्ने धम्कि दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै दोषिउपर कारवाही गर्न अस्पताल प्रशासनले माग गरेको छ ।

विरामीको चाप अनुसार सिमित स्रोतसाधन, न्युन जनशक्तिको भरमा ओपिडी, प्रसुति, विभिन्न किसिमका शल्यकृया, आईसियु, इमेरजेन्सि जस्ता धेरै सेवाप्रवाह गरिरहेको हुँदा अनर्गल प्रचारवाजी गरेर स्वास्थ्यकर्मीको मनोवल कमजोर बनाउने कार्य नगर्नसमेत विज्ञिप्तिमा आग्रह गरिएको छ । विज्ञप्तिमा अस्पतालमा उपलब्ध सेवाले जनताको आर्थिक भारमासमेत ठुलो टेवा पुगेको हुँदा उपचार सेवालाई अझ धेरै प्रभावकारी र गुणस्तरीय बनाउन थपजनशक्ति, उपकरण र सेवाविस्तारका लागि सम्बन्धित निकायलाई ध्यानदिनसमेत आग्रह गरिएको छ ।

बुधबार, फाल्गुण २५, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२