२६ फागुन २०७८, ( धन कुमार श्रेष्ठ
स्थानीय निर्वाचनमा पार्टीहरूले उठाउने उमेदवार कस्तो भइदिए र कस्तो नभइदिए राम्रो हुनेथ्यो भन्ने सवालमा वहस चलाउनु सान्दर्भिक देख्छु । स्थानीयस्तरमा रुजे भिजेका, आशा र भरोसायुक्त ब्यक्ति रोज्ने काम जनताको हो । यस चुनाउमा जनताले पार्टीलाइ हेर्दैनन् बरू असल, सङ्लो, जनमनमा बस्न सफल, निस्वार्थी, जनप्रेमी, इमान्दार, विकासप्रेमी, सामाजिक भावनाले ओतप्रोत भएका ब्यक्ति रोज्ने अभ्यास गर्न सक्छन् । पार्टी मन पराउनेहरूबिचमा उमेदवारमा चित्त बुझेनभने जनताले ब्यक्ति रोज्नेकाम गर्छन् यो घटना यस अगाडिका चुनाउहरूमा देखिएकोछ।राजनीतिक पार्टी ९दल० हरूले यस कूरालाइ समयमै मनन गर्नु पर्ला कि रु पार्टीका जनसंगठनहरूमा धेरै पहिलादेखि धेरैवटा नाना फटाएका, सामाजिक काममा अहोरात्र क्रियाशिल भएका, यस अघि कुनैपनि अवसर नपाएका, माउ पार्टी नत्यागी यताउती चुलबुल नगरेका, दिएका जिम्मेबारी कुशलतापूर्बक बहन गर्न सक्ने, हिम्मतिला, आँटी, सहासी, दृष्टिकोण र योजना दिन सक्ने, सबैलाइ समेट्नमा माहिर ब्यक्तिनै छानौं भन्ने मेरो सल्लाह हो । जुनसुकै पार्टीले यहि खाले ब्यक्तिलाइ एउटा मापदण्ड बनाएर छनौट गर्ने परंपरा यो दोस्रो स्थानीय तहको निर्वाचन देखी बसालौं भन्ने आग्रह गर्न चाहन्छु ।

तर, चुनाउमा प्रसस्त आर्थिक चलखेल गर्न,दादागिरी देखाएर, धाँदली गरेर चुनाउ जित्नसक्ने, पार्टीमा खासै योगदान नभएका, कार्यकर्ता र जनताको बिच नरूझेका एकजना हिरो टिपेर चुनाउमा नहोमौं, यसता काम कुनैपनि राजनीतिक दलहरूबाट नहोस्, किनकि जनता सचेत भइसकेका छन् । अबको जनता कुनैपनि उमेदवारका नोट थापेर, भोज खाएर अर्कैलाइ भोट खसाउन माहिर छन् । पार्टीहरूले जुनसुकै मनछुने कार्यक्रम जनतासामू पस्किएपनि उमेदवार जनमनमा भिजेको भएनन् भने अन्तिम फैसला गर्ने अधिकार जनतामा रहनेछन् ।

सबै राजनीतिक दलहरूले सदस्य, वडाअध्यक्ष, मेयर, उपमेयर आदिमा उमेदवार छनौट गर्दा स्थानीय, जनताकोबिच स्थापित ब्यक्तिलाइ रोज्ने अभ्यास गरौं । ब्यक्तिको प्रभावले कार्यकर्ताहरूलाइ जनता समक्ष भोट मागिदिन जाउँ,जाउँ लागोस् ।जनतालाइपनि भोटहाल्न मनैदेखि जागृतहोस् । जुन दलको उमेदवार हेरेपनि उस्तै, उस्तै असल, आँखैमा राखेनी नबिझाउने खाले भएमा जनतालाइ उमेदवार छान्न हम्मे हम्मे परोस् । जसले जीतेनी, जसले हारेनी बिस्मय नहोस् । के त यो असल अभ्यास यसपालीको चुनाउमा गर्ने हैन त रु भनेर मैले राजनीतिक दल, दलगत नेतृत्वलाइ सोध्न चाहेँ । आदरणीय राजनीतिक दलका नेतृत्व गण, जनसाधरण समक्ष मेरो एउटै अपिल छ कि यस सवालमा अब ढिलो नगरिकन बहस गरौं । कस्लाइ उठाउने भन्दापनि कस्तो ब्यक्तिलाइ अगाडि बढाउने भन्ने बिषयले बहस पावस् । जनताले असल उमेदवार चाहेकाछन् । जनताको भावनामा ठेस नपुर्याइ उपयुक्त उमेदवार छान्न सकौं ।

बिहिबार, फाल्गुण २६, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२