पब्लिक समाचार

२ महिना अगाडि / ४८३  पटक हेरिएको

उदयपुर, १० चैत्त । उदयपुरको मदन भण्डारी आँखा अस्पताल उद्घाटनको पूर्व सन्धामा नेपाल नेत्र ज्योति संघ उदयपुरले पत्रकार सम्मेलन गरि सबै प्रक्रिया पुरा भएको जनाएको छ ।

जिल्लाको आँखा अस्पताल बिधिबत समउद्घाटन भोलि (शुक्रबार) नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पत्रकार सम्मेलन गरि जनाकारी दिईएको हो । आज बिहिबार बिहान ९बजे अस्पतालकै परिसरमा पत्रकार सम्मेलन गरि भौतिक पूर्वाधारसहित मेजर आँखा उपचार सेवा भोलिबाट नियमित हुने नेत्र ज्योति संघ उदयपुरको अध्यक्ष भागवत राउतले बताउनुभयो ।

जिल्लामा २०६० सालमा स्थापना गरेको नेत्र ज्योति संघले २०६५ सालबाट आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । नेत्र ज्याति संघ र सगरमाथा चौधरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा भाँडाको भबनबाट हालसम्म जिल्लाबाट १ लाख ७० हजार पाँच सय २८ जनाले सेवा लिईसकेको जनाएको छ । जसमध्ये ९२ हजार ९ सय ९९ जना महिला र ७७ हजार ५ सय २९ जना महिला रहेका थिए भने २७ हजार २ सय ५९ जना बालबालिका रहेको अस्पतालले जनाएको छ ।

उद्घाटन उन्मुख सुबिधा सम्पन्न भवनबाट आँखाको जटिल प्रकारको रेटिना अप्रेशन उपचार बाहेक सबै प्रकारको उपचार सेवा प्रदान गरिने अस्पतालमा कार्यरत डाक्टर मुराहली तिम्सिनाले बताउनुभयो ।  पत्रकार सम्मेलनमा अस्पतालका लागि चाहिने सबै प्रकारका भौतिक पूर्वाधार,उपचारको लागि प्राबिधिक डाक्टर र मेसिन प्रबिधीहरु सबै अस्पतालले सरकारी तथा दातृनिकायबाट उपलब्ध भएको अध्यक्ष राउतले बताउनु भयो ।

अस्पताल निर्माणका लागि तात्कालिन सभासद मञ्जुकुमार चौधरी निर्बाचन पूर्वाधार बिकास कार्यक्रमको ४० लाख,नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट २ करोडको उपकरण ,जापानिज राजदुताबासबाट ग्रास रुट कार्यक्रम जीजीपीबाट ९० लाख ५० हजार प्रादेशीक सरकारबाट ५० लाख सहयोगले अस्पताल भबन निर्माण र उपकरण जोडेको अध्यक्ष राउतले पत्रकार सम्मेलन मार्फत जनाकारी दिनुभयो ।

अस्पतालमा डिस्पोजल भट्टी र क्यान्टिन निर्माण हुन बाँकी रहेको अन्य मेजर अप्रेशनका लागि चाहिने सबै औजार मेसिन (उपकरण)बाट सेवा सुचारु उद्घाटन पश्चात भोलिबाट हुने आँखा अस्पताल संचालन समितिले जनाएको छ ।

बिहिबार, चैत्र १०, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२