उदयपुर,१० चैत्त । गिटी ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुदा बुधबार राती चालकको मृत्यु भएको छ ।उदयपुरको लिमचुङ्गबुङ्ग गाउँपालिकाको वडा न. ३ स्थित हात्तिअड्के भन्ने ठाउँमा भएको दुर्घटनामा ट्याक्टर चालक हेटौडा बस्ने २८ वर्षिय राजेन्द्र प्रजाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ना ६ त ९६५० नम्बरको गिटी ढुंगा लोड गरिएको ट्याक्टर आफै अनियन्त्रित भै सडकदेखि ३ सय मिटर तल खसेको डिएसपी वेद प्रसाद गौतमले बताए । मृतक प्रजाको शब जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।
बिहिबार, चैत्र १०, २०७८मा प्रकाशित गरिएको