पब्लिक समाचार

४ हप्ता अगाडि / १२३  पटक हेरिएको

उदयपुर,बैशाख ९ । करिब २ बर्ष पछि माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार देखी देशभर एकसाथ सञ्चालन हुँदैछ । भौतिक उपस्थितिमै भएको एसईई परिक्षा यो बर्ष भने विद्यालयहरुमा भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीहरुको सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो । उदपुरमा यस बर्ष कम्पलसरी परिक्षार्थी तर्फ ६ हजार ४७७ जना सहभागी जनाएको छ भने ग्रेड बृद्धि तर्फ १२९ जना सहभागी छन् । जिल्लामा करिब २५ ओटा केन्द्र र ४२ ओटा साहायक केन्द्रहरु रहेको छ भने ६३ जना परिक्षा सहायकहरु खटाईएको शिक्षा विकास तथा समन्वय समिति ईकाई उदयपुरका प्रमुख बावुराम पोखरेलले जानकारी ।

जिल्लामा यस पर्बषको माध्यमिक परिक्षा शान्तमय वातावरणमा संञ्चालन भएको जिल्लाको सदरमुकाममा अवस्थित त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाटका सुपटेन्ट सुवास बिष्टले जानकारी दिनुभयो । उक्त विद्यालयमा १० विद्यालयहरुको केन्द्र रहेको र परिक्षा सहज र सरल तरिकाले परिक्षा संञ्चालन भएको सुपटेन्ट बिष्टले बताए ।

आज शुक्रवार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

शुक्रबार, बैशाख ०९, २०७९मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२