उदयपुर,बैशाख १०। जिल्लाको चौदण्डीगढी नगरपालिका–६, स्थित उदयपुरका पत्रकार डिल्लीराम खतिवडा सोकमा परेका छन । शुक्रवार बिहान ९० वर्षीय बुबा सिद्धिप्रसाद खतिवडाको निधन भएको हो ।डिल्लीरामको बुबा बिगत एक वर्षदेखि मुखको क्यान्सर जस्तो ठुलो रोगबाट पीडा झेल्दै आएका थीए । उनका ६ छोरा र दुई छोरी छन् । पत्रकार खतिवडा कान्तिपुर पब्लिकेशन र इकनिका अनलाईनमा आवद्ध छन् ।
शनिबार, बैशाख १०, २०७९मा प्रकाशित गरिएको